काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा आज हुँदै छ ।
फागुन ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको सातौँ वार्षिक साधारण सभा क्रिक रिसोर्ट, धादिङमा आज विहान १० बजेदेखि सुरू हुने भएको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै, संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने छ ।
त्यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिने पनि संस्थाले जनाएको छ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १४ गतेदेखि चैत्र ५ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया