काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि चैत्र ८ गतेदेखि चैत्र १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, आज सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाको दशौँ वार्षिक साधारण सभा चैत्र १८ गते हुँदै छ । सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८ नगर गरि कुल ९.६८ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रतिक्रिया