एनसीसी बैंकले पनि ऋणपत्र ल्याउदैं, कति छ व्याजदर ?

विहीबार, ०५ चैत्र २०७७, १० : ३९

काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) ले पनि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले यही चैत १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको हो । 
बैंकले ‘९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ नामक ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न लागेको हो । 
बैंकको १ हजारको अंकितदरमा ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ । त्यसमा १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत रुपमा बिक्री गर्ने बताइएको छ । बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गरिने छ । सर्वसाधारण अन्तरगतको ६० हजार कित्ता भने सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ । 
ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि २ लाख कित्तासम्म आवेदन दिन सकिने छ । निष्काशन बन्द हुने मिति छिटोमा १८ गते र ढिलोमा चैत २७ गते रहेको छ । ऋणपत्रको बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

ऋणपत्रको अवधी १० बर्षको रहेको छ भने व्याजदर ९.५० तोकिएको छ । व्याज बापतको रकम भने अर्ध बार्षिक रुपमा भुक्तानी गर्ने बताइएको छ ।

उक्त ऋणपत्रपलाई इक्रा नेपालले इक्राएनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । त्यसले मध्यम जोखिम रहेको बताइएको छ ।
 

विहीबार, ०५ चैत्र २०७७, १० : ३९

प्रतिक्रिया