काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै ६ हजार २ सय ९० कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्न लागेको जनाएको छ ।
उक्त सुचना मार्फत नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई निवेदन दिन आग्रह गरिएको छ ।
सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा निवेदन दिन सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया