काठमाडौं- सरकारले चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक सहायताबाट ३२ अर्ब ८५ करोड प्राप्त गरेको छ । गएको साउनदेखि माघसम्म रु.७ अर्ब ४६ करोड अनुदान र रु २५ अर्ब ३९ करोड ऋण गरी सो सहायता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार यो अवधिमा विदेशी दातृ निकायले रु. १ खर्ब ८७ अर्ब ४४ करोड आर्थिक सहायता दिने प्रतिवद्धता जनाएका छन् । प्राप्त प्रतिवद्धतामध्ये अनुदान सहायता ९.७ प्रतिशत र ऋण सहायता ९०.३ प्रतिशत रहेको छ । कुल सहायता प्रतिवद्धतामध्ये द्विपक्षीय सहायता ३.३ प्रतिशत र बुहपक्षीय सहायता ९६.७ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
यो वर्ष प्राप्त वैदेशिक सहायता प्रतिवद्धता गतवर्षको तुलनामा ७१.५ प्रतिशतले धेरै हो । गतवर्षको सोही अवधिमा सरकारलाई रु १ खर्ब ९ अर्थ २८ करोड वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको थियो।
कुल वैदेशिक सहायता प्रतिवद्धतामा सबैभन्दा धेरै ५४ अर्ब सडक तथा सुशासन क्षेत्रमा मात्रै छ । यो कुल प्रतिवद्धताको २८.८ प्रतिशत हो । त्यस्तै दोश्रोमा उर्जा क्षेत्रमा कूल प्रतिवद्धताको २४ दशमलव ६ प्रतिशत छ । उर्जामा ४६ अर्ब १४ करोड प्रतिवद्धता प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ ।
त्यस्तै तेस्रोमा रहेको बजेटरी सहायतामा कूल प्रतिवद्धताको १२.६ प्रतिशत अर्थात २३ करोड ६८ लाख हो ।
मन्त्रालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपाल सरकारले रु।७ अर्ब ४६ करोड अनुदान र रु २५ अर्ब ३९ करोड ऋण गरी कुल रु. ३२ अर्ब ८५ करोड सहायता प्राप्त भएको छ ।
प्रतिक्रिया