काठमाडौं - माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगञ्जमा एकैदिन ४ स्थानमा क्युआर कोड सेवा सुरुवात गरेको छ ।
बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्ज कै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार तथा रानीतलाउमा रहेको कृषि उपजबजार समिति र कोहलपुरमा रहेको कृषिबजार व्यवस्थापन समिति अन्र्तगत संचालनमा रहेका तरकारी तथा फलफूल पसलहरुमा क्युआर कोड हस्तान्तरण गरेको हो ।
बुधबार आयोजित छुट्टाछुटै अपौचारिक कार्यक्रममार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले तिस्थानमा क्युआर कोड सेवाको सुरुवात गरेका हुन् ।
उक्त क्युआर कोड सेवा सुरु भएसँगै नेपालगञ्जबाट दाङ्ग, धनगढि, बर्दिया रुटमा चल्ने सनराईज यातायातमा यात्रा गर्ने यात्रुले आफुले तिर्नुपर्ने गाडी भाडा क्युआर कोड प्रयोग गरि सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।
साथै नेपालगञ्ज कै न्यूरोडमा रहेको हङ्गकङ्गबजार, रानीतलाउमा रहेको कृषिउपजबजार तथा कोहलपुरमा रहेको कृषिबजारमा आफुले खरिद गरेका दैनिक उपभोग्य वस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम समेत क्युआर कोड बाट भुक्तानी गर्न सक्नेछन् ।
प्रतिक्रिया