सात महिनामा ४ लाख ८८ हजारले लिए पान नम्बर, कुल पान न. लिनेको संख्या कति ?

विहीबार, ०५ चैत्र २०७७, १७ : ४०

काठमाडौं- चालु आर्थिक वर्षको सात महिनामा ४ लाख ८८ हजार भन्दा बढीले स्थायी लेखा नम्बर (पान) नम्बर लिएका छन् । सो अवधीसम्म पान नम्बर लिने करदाताको संख्या ४ लाख ८८ हजार ४ सय ५४  पुगेको छ । आन्तरिक राजस्व विभागले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

विभागको तथ्यांक अनुसार सात महिनामा पान नम्बर लिएका करदातामध्ये व्यवसायी पान नम्बर लिने करदाताको संख्या १ लाख ५९ हजार ९९९ रहेको छ । यस्तै, व्यक्तिगत पान नम्बर लिने करदाताको संख्या ३ लाख २५ हजार ८५७ रहेको छ भने करकट्टी गर्ने निकायले लिएको पान नम्बर संख्या २ हजार ५९८ रहेको छ । 

यस्तै, हालसम्म देशभर पान नम्बर लिने कुल करदाताको संख्या ३८ लाख २५ हजार ९४६ पुगेको विभागको तथ्यांकले देखाएको छ  । 

त्यस्तै,हालसम्म व्यवसायी पान नम्बर लिने करदाताको संख्ष्या १५ लाख १८ हजार ९३३ रहेको छ । 

यस्तै, व्यक्तिगत तर्फ पान नम्बर लिने करदाताको संख्या २२ लाख ९९ हजार ३०९ रहेको छ भने करकट्टी गर्ने निकायले लिएको पान नम्बरका करदाताको संख्या ७ हजार ७०४ रहेको छ । 

विहीबार, ०५ चैत्र २०७७, १७ : ४०

प्रतिक्रिया