नेशनल माइक्रोफाइनान्सद्धारा २७ प्रतिशत लाभांश पारित

विहीबार, ०५ चैत्र २०७७, १९ : ४३

काठमाडौं - नेशनल माइक्रोफाइनान्सले लभांश पारित गरेको छ । कम्पनीको सातौ बार्षिक साधारण सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गरेको हो ।

सभाले आ।व। २०७६/०७७ को नाफाबाट शेयरधनीहरुलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांस गरि २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले प्रस्ताव पारित गरे पश्चात संस्थाको चुक्ता पूँजी २६ करोड ४० लाख ४५ हजारबाट बृद्धि भई ३१ करोड ९४ लाख ९४ हजार पुगेको छ ।

साथै संस्थाको सातौ वार्षिक साधारणसभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन । सभाले नयाँ सञ्चालकमा नरेन्द्र प्रसाद छत्कुली र राम कुमार तिमल्सिनालाई निर्विरोध निर्वाचित गरेको छ ।

विहीबार, ०५ चैत्र २०७७, १९ : ४३

प्रतिक्रिया