लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, कहिले ?

शुक्रबार, ०६ चैत्र २०७७, ०९ : १९

काठमाडौं - नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा गर्ने भएको छ । 

कम्पनीले चैत्र ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आफ्नो ७२औं वार्षिक साधारण सभा चैत्र २७ गते गर्ने भएको हो । सभा एयरपोर्ट होटेल, सिनामङ्गल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाबाट आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरिनेछ । त्यो सँगै कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरि पारित गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभा गर्न तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि चैत्र १७ गतेदेखि चैत्र २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यो सँगै चैत्र १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

शुक्रबार, ०६ चैत्र २०७७, ०९ : १९

प्रतिक्रिया