चैत्र ८ बाट एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकिकृत कारोबार

शुक्रबार, ०६ चैत्र २०७७, ११ : ०१

काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार चैत्र ८ गते बाट सुरु हुने भएको छ ।  

दुवै कम्पनीको माघ ४ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । 

साथै नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई स्वीकृती प्रदान गरिसकेको छ । 

कम्पनी रजिष्ट्रार कार्यालयले पनि फागुन २३ गते नै स्वीकृती प्रदान गरिसकेको छ । मर्जर पश्चात अब 'एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड​' को नामबाट एकीकृत कारोबार हुने भएको हो ।  

कम्पनीको केन्द्रिय कार्यालय इटहरी उप–नगरपालिका वडा नं, ९, सुनसरीमा रहनेछ ।
 

शुक्रबार, ०६ चैत्र २०७७, ११ : ०१

प्रतिक्रिया