काठमाडौं – चालु आर्थिक बर्षको ७ महिनामा बीमा व्यवसाय ३२.२ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको ७ महिनाको अर्थ बुलेटीनले यस्तो देखाएको हो ।
मन्त्रालयकाअनुसार ७ महिनामा रु. ९२ अर्ब ४१ करोड बीमाशुल्क संकलन भएको छ । गत आवको सोही अवधीमा ६९ अर्ब ९२ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको थियो । समिक्षा अवधीमा जीवन बीमा प्रिमियमको हिस्सा ८१.८ प्रतिशत र निर्जीवन बीमा प्रिमियमको हिस्सा १८.२ प्रतिशतले रहेको छ ।
यस्तै, चालु आर्थिक बर्षको माघ महिनासम्म जारी भएका कुल बीमालेखको संख्या गत आवको तुलनामा ९.३ प्रतिशतले बढेको छ । हालसम्म ७२ लाख ४३ हजार ५०० पुगेको छ ।
यस्तै, हालसम्म जीवन बीमाको पहुँच् हालसम्म २२.८ प्रतिशत नेपालमा पुगेको छ । बैदेशिक रोजगार बीमालेख समेत समाबेश गर्दा बीमाको दायरामा २५.२ प्रतिशत नेपाली रहेका छन् ।
प्रतिक्रिया