कोरोना खोपका लागि विश्व बैंकले नेपाललाई ८ अर्ब ७० करोड दिने

शुक्रबार, ०६ चैत्र २०७७, १२ : १६

काठमाडौं - विश्व बैंकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर अर्थात् (८ अर्ब ७० करोड रुपैयाँ) दिने भएको छ ।

विश्व बैंकको सञ्चालक समितिले खोप किन्न विश्व बैंकसँग सहुलियत ऋण लिने नेपालको प्रस्ताव आज स्वीकृत गरेको हो । यस वित्तिय सहयोगद्वारा कम्तिमा एक तिहाई जनसंख्यासम्म खोप को सुविधा विस्तार गर्न सकिने अपेक्षा गरिएको छ ।

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २.९ करोड अमेरिकी डलर (३.३) अर्ब नेपाली रूपैँया० बराबरको कोभिड-१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड-१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरुको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो । 

यस सहयोगको अधिकांश हिस्सा (९० प्रतिशत) कोभिड-१९ का खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसङ्ख्या बाहेकका अन्य समुहमा खोप विस्तार गर्नमा परिचालित हुनेछ । 

बाँकी रकमले कोभिड-१९ खोपका पहलहरूलाई सघाउन र कोभिड-१९ सँग सम्बन्धित आपूर्तिहरू जस्तै निदान परीक्षणहरु, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत पुर्‍याई नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न सहयोग गर्नेछ ।  

नेपालको लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एसियाली राष्ट्रहरूमा कोभिड-१९ खोप सहयोगका लागि पहिलो चरणमा स्विकृत भएका तीन परियोजना मध्ये एक हो।  


 

शुक्रबार, ०६ चैत्र २०७७, १२ : १६

प्रतिक्रिया