'प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मेलन २०७८' हुँदै, कहिले ?

शुक्रबार, ०६ चैत्र २०७७, १३ : ०६

काठमाडौं - नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको 'प्रथम बहुउद्देश्यीय सहकार राष्ट्रिय सम्मेलन २०७८' हुने भएको छ । 

बहुउद्देश्यीय सहकारी संघ संस्थाहरूलाई उद्देश्य अनुरूप अगाडि बढाउने सहकारी मार्फत उत्पादन तथा व्यवसायिक क्रियाकलापहरूलाई विषेश जोड दिदै राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणका लागि सम्मेलन गर्न लागिएको हो । 

सम्मेलन मिति २०७८ साल जेठ २८ गते देखि २५ गने सम्म होटल सोल्टी काउन प्लाजा ताहाचल काठमाडौंमा हुने सहकारी संघले जनाएको छ ।
 
बहुउद्देश्यीय सहकारी संघ संस्थाहरूको पहिलो राष्ट्रिय स्तरका सम्मेलन भएको हुनाले देशभर सञ्चालित बहुउद्देश्यीय सहकारी संघ संस्थाहरूबाट सक्रिय रुपमा सहभागी जनाउँन पनि संघले आग्रह गरेको छ । 

शुक्रबार, ०६ चैत्र २०७७, १३ : ०६

प्रतिक्रिया