काठमाडौं - नेपालले चालु आर्थिक वर्षको सात महिनामा साढे १७ अर्ब भन्दा बढी भारतीय मुद्रा (भारु) खरिद गरेको छ ।
गएको साउनदेखि माघ मसान्तसम्म नेपाल विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले १७ अर्ब ७१ करोड २२ लाख बराबरको भारतीय मुद्रा खरिद गरेका हुन् ।
चालु आवको पहिलो महिना साउनमा मात्र रु.२ अर्ब ३९ करोड ८० लाख बराबरको भारतीय मुद्रा किनेको सरकारले भदौमा रु १ अर्ब ६२ करोढ ६० लाख,असोजमा रु। २ अर्ब २० करोड ३६ लाख, कार्तिकमा रु २ अर्ब ८१ करोड ५४ लाख, मंसिर रु. २ अर्ब ९५ करोड ४१ लाख बराबरको भारतीय मुद्रा खरिद गरेको थियो ।
यसैगरी, चालु आवको माघ मसान्त सम्म सबैभन्दा बढी भारतीय मुद्राको खरिद पुस महिनामा भएको थियो । यो महिनामा सरकारले रु.३ अर्ब ८ करोड ४७ लाख बराबरको भारतीय मुद्रा खरिद गरेको हो । यस्तै माघ महिनामा रु। २ अर्ब ६३ करोड २ लाख बराबरको भारतीय मुद्राको खरिद भएको छ ।
राष्ट्र बैंकको तथ्यांक हेर्दा गत आवको सोही अवधीको तुलनामा भारतीय मुद्राको खरिद बढेको छ । गत आवको माघ मसान्तसम्म रु १७ अर्ब १९ करोड १८ लाख बराबरको भारतीय मुद्रा खरिद भएकोमा यो वर्ष ३ प्रतिशत रु ५२ करोड ४ लाख बराबरले बढेको हो ।
सरकारको व्यापार र बैंक तथा वित्तिय संस्थाको मुद्रा सटही प्रयोजनका लागि भारतीय मुद्रा समेत गरि २१ प्रकारका विदेशी मुद्राहरुको खरिद बिक्री हुन्छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम हुने उक्त खरिदबिक्री बिक्री कारोबार इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तिय संस्था र मेजिचेञ्जरहरुले गर्ने गर्दछन् ।
प्रतिक्रिया