राष्ट्र बैंकले किन माग्यो बैंकहरू सँग कर्जा लगानी विवरण ?

शुक्रबार, ०६ चैत्र २०७७, १७ : ५१

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूले लगानी गरेको कर्जाको अनुगमन गर्ने भएको छ ।

राष्ट्र बैंकले शुक्रबार  एक सूचना जारी गर्दै लक्षित वर्गलाई तोकिएको कर्जा सो वर्गको पहुँचमा पुगे÷ नपुगेको अनुगमन गर्न लागेको जनाएको छ ।

पुनरकर्जा, सहुलियतपूर्ण कर्जा तथा व्यवसायिक निरन्तरता कर्जा तोकिएको वर्गलाई प्रदान गर्नु पर्ने राष्ट्र बैंकको नियममा उल्लेख गरिएको छ ।

“क”, “खा”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाहरूले ऋणीहरूको विवरण सहितको रिपोर्ट बुझाउन राष्ट्र बैंकले आग्रह गरेको छ ।  

विवरण सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बैंकको रिपोर्टिङ पोर्टलमा  बुझाउन राष्ट्र बैंकले भनेको छ । 

शुक्रबार, ०६ चैत्र २०७७, १७ : ५१

प्रतिक्रिया