जानकी फाइनान्सले बोलायो साधारण सभा, शेयरधनीको हात खाली

शनिबार, ०७ चैत्र २०७७, ०९ : ३२

काठमाडौं - जानकी फाइनान्स कम्पनी लिमिटेडको साधारण सभा हुने भएको छ । चैत्र ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निणर्य अनुसार कम्पनीको २४ औं वार्षिक साधारण सभा चैत्र २८ गते हुने भएको हो । 

कम्पनीले एक सूचना जारी गर्दै सभाको हुने जानकारी दिएको छ । साथै कम्पनीले जारी गरेको सूचनामा लाभांश वितरणका कुरा भने उल्लेख गरिएको छैन । 

सभा गायत्री कुञ्ज अतिथि सदन जानकी चौक जनकपुरधाममा बिहान १० बजेबाट सुरु हुने कम्पनीले जनाएको छ । सभामा आर्थी वर्ष २०७६ ०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल, नाफा नोक्सानको हिसाब किताब सोही अवधिको नगत प्रभाह लगायतका एजेण्डाहरूमा छलफल गरिने छ । 

साथै साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत्र १८ गते देखि चैत्र २८ बुक क्लोज गर्ने छ । त्यसैले चैत्र १७ गते सम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ । 
 

शनिबार, ०७ चैत्र २०७७, ०९ : ३२

प्रतिक्रिया