समीट लघुवित्तले बोलायो साधारण सभा

शनिबार, ०७ चैत्र २०७७, १२ : ४१

काठमाडौं - समीट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको १२औं वार्षिक साधारण सभा चैत २५ गते हुने भएको हो । 

चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा आँबुखौरैनी रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस, आँबुखौरैनी, तनहुँमा बिहान १० बजे शुरु हुने भएको छ । 

साधारण सभाको प्रस्तावमा यस कम्पनी र सजिलो लघुवित्त एक आपसमा मर्जर पश्चात संस्थापक शेयर र सर्वसाधारण शेयर पूँजीको अनसुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण समूहको ६ लाख कित्ता साधारण शेयर प्रिमियममा थप सार्वजनिक निष्कासनको माध्यमबाट शेयर जारी गर्ने रहेको छ ।  

त्यस्तै, अन्य प्रस्तावमा मर्जर सम्बन्धि खर्च अनुमोदन गर्ने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने पनि रहेको छ । 

साधारण सभा प्रयोजनका कम्पनीको शेयरधनी दर्ता पुस्तिका चैत १७ गतेदेखि २५ गतेसम्म बन्द रहने भएको छ । बुक क्लोजको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । 

शनिबार, ०७ चैत्र २०७७, १२ : ४१

प्रतिक्रिया