काठमाडौं - सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिडको समय ९२०७६ चैतदेखि २०७७ फागुन मसान्तसम्म० का ऋणीलाई ब्याज मिनाहा गर्ने निर्णय गरेको छ ।
संस्थाको नबौं वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो । सभाले खराब ऋणीलाई पटकपटक पत्राचार गरेको तर सम्पर्कमा नआएकाले कानूनी प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।
संस्थाका अध्यक्ष प्रदीप चापागाँईले पाँच जना खराब ऋणी रहेको र पटकपटका पत्राचार गर्दा पनि सम्पर्कमा नआएकाले पुनः एकपटक पत्राचार गर्ने नत्र कानूनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताए ।
सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारको उक्त सहकारीमा कूल आम्दानी कूल रु सात लाख ५७ हजार १४४ रहेको छ ।
प्रतिक्रिया