काठमाडौं - किसान लघुवित्त वित्तिय संस्था लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले आगामी हुने वार्षिक साधारण सभाबाट ३९ करोडको हकप्रद शेयर जारी गर्ने भएको हो ।
चैत्र ६ गते बसेको कम्पनीको सञ्चालक समितिको ६४औं बैठकले गरेको निर्णण अनुसार कम्पनीको दोस्रो वार्षिक साधारण सभा आगामी चैत्र २९ गते हुँदै छ । सभा कम्पनीको आफ्नै भवन लम्कीचुहा कैलालीमा बिहान ११ बजेबाट सुरु हुने भएको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आव २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश हुने छ । साथै लेखापरिक्षको प्रतिवेदन, नाफा नोक्सानको हिसाब किताब, नगत प्रवाह वितरण र आव २०७७/७८ का लागि लेखा परीक्षक नियुक्त गर्ने लगायतका एजेन्डाहरुमा छलफल गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया