सनराइज ब्लुचिप फण्डमा आवेदन दिने आज अन्तिम दिन

आइतबार, ०८ चैत्र २०७७, ०९ : ४५

काठमाडौं - अज सनराइज ब्लुचिप फण्डमा आवेदन दिने अन्तिम दिन रहेको छ ।

क्यापिटलले चैत १ गतेदेखि फण्डको इकाई बिक्रीमा ल्याएकोमा शुक्रबारसम्ममा सबै इकाई खरीदका लागि आवेदन परेपछि आइतबार निष्काशन बन्द हुन लागेको हो ।

फण्डको इकाईमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । क्यापिटलले चैत १ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो । 

निष्काशित इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

फण्डको इकाई खरीद गर्न चाहने लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो शेयरको माबाइल एप तथा वेबबाट पनि आवेदन दिन सक्नेछन् । 

आइतबार, ०८ चैत्र २०७७, ०९ : ४५

प्रतिक्रिया