कठमाडौं– पछिल्लो समयमा बैंकको कालोसूचीमा पर्नेको सङ्ख्या बढ्दै गएको छ ।
कर्जा सूचना केन्द्रका अनुसार यस वर्ष बैशाख देखि चैत्र पहिलो साता सम्ममा ४ हजार २४७ ग्राहक कालोसूचीमा पर्नेहरूको सङ्ख्या पुगेका छन् ।
जस अनुसार चालु वर्षको वैशाखमा ७९, जेठ ७४, असार ३६९, साउन ४०२ भदौ २८४, असोज ४००, कात्तिक ३३९, मंसिर ४१३, पुस ४६१, माघ ६२८, फाल्गुन ६४१, चैत्र (६ गते सम्म ) १६५ कालोसूचीमा पर्नेहरूको सङ्ख्या रहेको छ ।
कालो सूचीमा पर्ने मध्ये व्यक्ति मात्र नभइ संस्थाहरू पनि रहेका छन् । कोभिडका कारण समयमै ऋण बुझाउन नसक्दा कालोसूचीमा पर्नेहरुको सङ्ख्या बढेको हुन सक्छ । चेक बाउन्स (डिफल्ट) का कारण पनि कालो सूचीमा पर्नेहरू बढेको हो ।
प्रतिक्रिया