सुरु भयो एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकिकृत कारोबार

आइतबार, ०८ चैत्र २०७७, १० : २४

काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आजबाट सुरु भएको छ ।  

दुवै कम्पनीको माघ ४ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । 

साथै नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई स्वीकृती प्रदान गरिसकेको छ । 

कम्पनी रजिष्ट्रार कार्यालयले पनि फागुन २३ गते नै स्वीकृती प्रदान गरिसकेको छ । मर्जर पश्चात अब ुएनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड​ु को नामबाट एकीकृत कारोबार सुरु भएको हो । 

कम्पनीको केन्द्रिय कार्यालय इटहरी उप–नगरपालिका वडा नं, ९, सुनसरीमा रहेको छ ।
 

आइतबार, ०८ चैत्र २०७७, १० : २४

प्रतिक्रिया