आईपीओ निष्कासन गर्दै जाल्पा सामुदायिक लघुवित्त, कति कित्ता ?

आइतबार, ०८ चैत्र २०७७, ११ : ३१

काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ । 

संस्थाले सर्वसाधारणका लागि ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । संस्थाले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

नियुक्ति सम्बन्धी सम्झौता चैत्र ५ गते शुक्रबार संस्थाको प्रधान कार्यालय सिमलाचौर पोखरामा सम्पन्न भएको हो। बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रमा संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी तथा क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको  सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ ।

संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा साधारण सेयर निष्कासन पछि चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ । 
 

आइतबार, ०८ चैत्र २०७७, ११ : ३१

प्रतिक्रिया