शिखर इन्स्योरेन्सको साधारण सभा भोलि, बोनस प्रस्ताव कति  ?

आइतबार, ०८ चैत्र २०७७, १३ : २५

काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनीको साधारण सभा भोलि (सोमबार) हुँदैछ । शिखर इन्स्यारेन्सको  सभा कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा बिहान ११ बजेबाट हुने निर्णय भएको छ । 

शिखर इन्स्योरेन्स कम्पनीले २७.७७ प्रतिशत बोनस शेयर र १.४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । फागुन २५ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । 

साथै, सभाले यस बैंक अन्य कुनै पनि उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण आवश्यक कार्यहरु पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

आइतबार, ०८ चैत्र २०७७, १३ : २५

प्रतिक्रिया