काठमाडौं - बैंक वित्तीय संस्था रेमिट कम्पनीलाई नेपाल राष्ट्र बैंकले मौरिससको एम एण्ड एम रेमिटसँग कुनै पनि वित्तीय कारोबार नगर्न बैंक निर्देशन दिएको छ ।
कम्पनीले रेमिट कारोबारमा नेपाली प्रति इमान्दार नभएपछि केन्द्रीय बैंकले कारोबार नगर्न भनेको हो ।
केन्द्रीय बैंकले सुचना जारी गर्दै कम्पनीसँग बाँकी कारोबार भए भुक्तानी लिन अनुरोध गरेको छ । साथै आगामी दिनमा थप कारोबार नगर्न निर्देशन दिएको छ ।
एम एण्ड एम रेमिटसँग सहकार्य गरी विप्रेषण कारोबार नगर्न र गरेकाले रकम लिनु पर्ने भए उठाउन समेत केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
प्रतिक्रिया