काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि चैत्र १० गतेदेखि चैत्र २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले आज सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको सोर्हौँ वार्षिक साधारण सभा चैत्र २३ गते, सोमबार लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौँमा बिहान १० बजेबाट सुरू हुनेछ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
प्रतिक्रिया