काठमाडौं- डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपालको साधारण सभा चैत २४ गते हुने भएको छ । सभा कसरा रिसोर्ट पटीहानी, भरतपुर चितवनमा दिनको १ बजे शुरु हुने भएको हो ।
वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, २०७७ ७८ अनुमानित आय व्यय पारित गर्ने, आगामी २ वर्षको लागि नयाँ कार्यसमिति पदाधिकारी चयन गर्ने साधारण सभाको प्रस्ताव रहेका छन् ।
प्रतिक्रिया