डिप्रोक्स लघुवित्त र महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

सोमबार, ०९ चैत्र २०७७, १० : ०४

काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र  महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

डिप्रोक्स लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि चैत्र १० गतेदेखि चैत्र २० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाको वार्षिक साधारण सभा चैत २० गते चितवनको सौराहास्थित होटेल मोनालिसामा हुँदैछ। सभाले आर्थिक वर्ष आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका  शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । 

त्यसैले, आज सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको वार्षिक सभा चैत्र २५ गते बुधबार संस्थाको केन्द्रिय कार्यालय सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

सभाले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश पारित गर्नेछ । 

सोमबार, ०९ चैत्र २०७७, १० : ०४

प्रतिक्रिया