मेगा बैंकद्वारा गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियत कर्जा

सोमबार, ०९ चैत्र २०७७, १० : २८

काठमाडौं - गोलभेंडा उत्पादक कृषकहरुलाई मेगा बैंक नेपाल लिमिटेडले सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । 

बैंकले काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियतमा कर्जा दिने भएको हो । 

यस विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

समझदारी अनुसार, कर्मा समूहको सिफारिसमा मेगा बैंकले पहिलो चरणमा ५० जना कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । 

दोश्रो चरणमा देशका अन्य जिल्लाका कृषकहरुलाई पनि सहुलियतमा कर्जा उपलब्ध गराउने समझदारी भएको हो ।
 
 

सोमबार, ०९ चैत्र २०७७, १० : २८

प्रतिक्रिया