काठमाडौं - सनराइजक्यापिटलले बिक्रीखुला गरेको सनराइज ब्लूचीप फन्ड योजनामा १ अर्ब २३ करोड ७५ लाख ८० हजार ४०० रुपैयाँ बराबरको आवेदन परेको छ ।
फन्ड म्यानेजर सनराइज क्यापिटलका अनुसार आइतबार (चैत्र ८ गते) साँझ ५ः०० बजेसम्म ५६ हजार ८० जना आवेदकहरुले आवेदन दिएका छन् ।
सो मध्ये करिब १२ प्रतिशत आवेदनको सि आश्वा बैंकमार्फत रुज हुन बाकी रहेको छ भने हाल सम्म करिब ५ प्रतिशत आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ ।
सन्राइज क्यापिटलले चैत्र १ गतेदेखि सन्राइज म्युचुअल फन्ड अन्तर्गत १० करोड इकाई बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये कुल ईकाईको १५ प्रतिशत अर्थात १ करोड ५० लाखइकाई कोष प्रवद्र्धक सन्राइज बैंकलाई सुरक्षित राखेको छ । बाँकी रहेको ८ करोड ५० लाखइकाई सर्वसाधरणलाई बिक्री खुला गरेको थियो ।
सन्राइज क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँइकाई बिक्रीमा ल्याएको थियो । यो दशवर्षे बन्दमुखी योजनारहेको छ ।
सन्राइज क्यापिटल सन्राइज बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
प्रतिक्रिया