काठमाडौं- कोरोना बीमामा हालसम्म ५३ हजार भन्दा बढी आवेदकले दावी भुक्तानी पाएका छन् । बीमा समितिले चैत ६ गते शुक्र्बारसम्म सार्वजनिक गरेका पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।
शुक्रबारसम्म ५३ हजार ३ सय २४ जनाले दावी भुक्तानी पाएका छन् । रकमका आधारमा उनीहरुले ५ अर्ब १४ करोड १२ लाख ५० हजार दावी भुक्तानी भएको छ ।
यस्तै, ५५० ओटा आवेदन भने दावीका लागि अयोग्य देखिएको छ ।
कोरोना बीमामा हालसम्म ८६ हजार ६ सय १२ ओटा पुर्ण कागजपत्र सहितको दावी आवेदन आएको छ । यसका अलावा १ हजार ६ सय ३२ आवेदन दावी भुक्तानीको स्वीकृतिको प्रक्रियामा छ ।
यस्तै, बीमा पुलले पछिल्लो पटक २२ हजार ४ सय ३ ओटा आवेदन प्रमाणिकरणका लागि स्वास्थय मन्त्रालय पठाएका थियो । त्यसमा १३ हजार ३ सय ५३ ओटा आवेदन स्वीकृति भएको छ भने ९ हजार ५० ओटा आवेदन पेन्डिङमा रहेको छ ।
यस्तै पीसीआर रिपोर्ट मन्त्रालयमा पठाउनका लागि ८ हजार ६ सय ६३ ओवदन तयार गरिएको छ । यस्तै, कागजपत्र पुरा नभएपछि ४ हजार २ सय १० ओटा आवेदन बीमा कम्पनीहरुमा पठाइएको छ ।
प्रतिक्रिया