ज्योति लाईफको वैदेशिक रोजगारीे म्यादी बीमा अब खल्ती डिजिटल वालेटबाट

सोमबार, ०९ चैत्र २०७७, १७ : २७

काठमाडौं- वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने वैदेशिक रोजगारीे म्यादी जीवन बीमा अब ज्योति लाईफबाट विद्युतिय माध्यमद्वारा जारी गर्न सकिने भएको छ । 

सुरुवाती दिन देखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै अईरहेको उक्त कम्पनीले  खल्ती डिजिटल वालेटसंग सहकार्य गर्दै मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था सुचारु गरेको हो । (ISO 9001:2015) गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त ज्योति लाईफ कम्पनीले सुचारु गरेको यस सेवा मार्फत सेवाग्राहीले काउन्टरमा गई बीमाशुल्क भुक्तानी गरि बीमालेख जारि गर्नुपर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण वीमितहरुको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कुरा कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले जानकारी गराएका छन्  ।

सोमबार, ०९ चैत्र २०७७, १७ : २७

प्रतिक्रिया