क्यूआर कोडमार्फत एक महिनामा पौने २ अर्बको कारोबार

सोमबार, ०९ चैत्र २०७७, १९ : ३४

काठमाडौं– क्यूआर कोडमार्फत मात्रै एक महिनामा पौने २ अर्बको कारोबार भएको छ ।

गर्भनर महाप्रसाद अधिकारीले एटीएम प्रयोगबापत प्रत्येक करोबारमा १० रुपैयाँसम्म रकम बाहिरिने अभिव्यक्ति दिँदै क्यूआर कोडको प्रवद्र्धन पनि गरिरहेका छन् ।

माघ महिनामा १ अर्ब ७१ करोड रुपैयाँ बराबर क्यूआर कोडमार्फत भुक्तानी भएको हो । चालू आवको सात महिनामा भने ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ क्यूआरकोडमार्फत भुक्तानी भएको हो ।

पहिला एटीएमबाट मात्र कारोबार गर्नेले अहिले क्यूआर कोडबाट पनि भुक्तानी गर्न थालेका छन् भने मोबाइल बैङ्किङ र इन्टरनेट बैङ्किङ पनि प्रयोग गर्दै आएका छन् । एटीएमबाट नगद झिक्नेभन्दा पनि क्यूआर कोडमार्फत चाहेको ठाउँमा भुक्तानी गर्ने बानी पार्न राष्ट्र बैङ्क क्यूआर कोडको प्रवद्र्धनमा समेत जुटेको छ ।

सोमबार, ०९ चैत्र २०७७, १९ : ३४

प्रतिक्रिया