काठमाडौं – एनआईसी एसिया बैंकले नागरिक लगानी कोष अर्थात् सिटीजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी) मा भएको आफ्नो स्वामित्वको ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले गोप्य शिलवन्दी मार्फत उक्त शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न चाहाने योग्य लगानीकर्ताले आज देखि नै आवेदन दिनुपर्ने छ । आज चैत १० गतेदेखि १८ गतेसम्म आवेदन दिन सकिने बैंकले बताएको छ । एनआईसी एसिया क्यापिटल तथा बैंकको बिभिन्न शाखा कार्यलय मार्फत उक्त शेयर खरिदका लागि आवेदन दिन सकिने बताइएको छ ।
बैंक उक्त शेयरको मुल्य भने न्यूनतम १५४० रुपैयाँ तोकेको छ । त्योअनुसार खरिदकर्ताले सोही मुल्यलाई नै आधार बनाएर सो वा सो भन्दा बढी मुल्य तोकेर आवेदन दिन सक्ने छन् । हाल दोस्रो बजारमा सीआईटीको शेयर मुल्य ४४०० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया