काठमाडौं – एनआईसी एसिया बैंकले नेशनल लाईफ इन्स्योरेन्समा भएको आफ्नो स्वामित्वको ६१ हजार ३६६ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले गोप्य शिलवन्दी मार्फत उक्त शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न चाहाने योग्य लगानीकर्ताले आज देखि नै आवेदन दिनुपर्ने छ । आज चैत १० गतेदेखि १८ गतेसम्म आवेदन दिन सकिने बैंकले बताएको छ । एनआईसी एसिया क्यापिटल तथा बैंकको बिभिन्न शाखा कार्यलय मार्फत उक्त शेयर खरिदका लागि आवेदन दिन सकिने बताइएको छ ।
बैंक उक्त शेयरको मुल्य भने न्यूनतम ४६६ रुपैयाँ तोकेको छ । त्योअनुसार खरिदकर्ताले सोही मुल्यलाई नै आधार बनाएर सो वा सो भन्दा बढी मुल्य तोकेर आवेदन दिन सक्ने छन् ।
प्रतिक्रिया