प्रिमियम इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंगलबार, १० चैत्र २०७७, ०९ : ४७

काठमाडौं- प्रिमियम इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात चैत ११ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्दैछ। 

इन्स्योरेन्सले चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँको ११.५ प्रतिशत अर्थात ११ करोड ८७ लाख ६७ हजार १५८ रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २३ गते २७ औं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा बिहान ११ बजे शुरु हुनेछ।
 

मंगलबार, १० चैत्र २०७७, ०९ : ४७

प्रतिक्रिया