काठमाडौं – उन्नती सहकार्य लघुवित्त वित्तिय संस्था लिमिटेडको छैठौं बार्षिक साधारण सभा चैत ३१ गते हुने भएको छ । कम्पनीले आज एक सुचना जारी गर्दै सो दिन साधारण सभा गर्ने जानकारी दिएको हो ।
सो दिन भैरहवा स्थित होटल पौवामा बिहान १०.३० बजे साधारण सभा हुनेछ । सोमबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
साधारण सभाले २०७६/७७ को अध्यक्षको बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन लगायतका वित्तिय विवरण पेश गरि पारित गरिने छ । साथै, संस्थापक शेयरधनीबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक चयन गर्ने कार्यक्रम पनि छ ।
यस्तै, गत आवको मुनाफाबाट दिने भनिएको बोनस शेयर तथा नगद लाभांश पारित गर्ने पनि सभाको कार्यक्रम छ ।
प्रतिक्रिया