अजोड इन्स्योरेन्स, आइएमई र्मोटर्स र आइएमई अटोमोटिभ्सबीच नगद रहित बीमा दाबी सहितको कारोबार गर्न द्धिपक्षीय सम्झौता

मंगलबार, १० चैत्र २०७७, ११ : ४४

काठमाडौं- अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्रा. लि तथा आइएमई अटोमोटिभ्स प्रा. लि. बीच नगद रहित बीमा दाबी सहितको बीमा कारोबार गर्न द्धिपक्षीय सम्झौता भएको छ । 

आइतबार आयोजित एक कार्यक्रमका बीच आइएमई मोटर्स प्रा. लि. तथा आइएमई अटोमोटिभ्स प्रा. लि. संग सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगद रहित बीमा दाबी (CASHLESS CLAIM) लाई सरल र प्रभावकारी बनाउन अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कुमार बहादुर खत्री र आइएमई मोटर्स प्रा. लि . र आइएमई अटोमोटिभ्स प्रा. लि. का नायब प्रमुख कार्यकारी अधिकृत श्री सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्  ।  

मंगलबार, १० चैत्र २०७७, ११ : ४४

प्रतिक्रिया