राष्ट्र बैंकले साढे ३ अर्ब बैंकहरूमा लगानी गर्ने

मंगलबार, १० चैत्र २०७७, २० : ०१

काठमाडौं– नेपाल राष्ट्र बैंकले आफू सँग भएको रु.३ अर्ब ४५ करोड बराबरको रकम लगानी गर्ने भएको छ ।  

राष्ट्र बैंकको उपदान तथा  पेन्सन कोषमा जम्मा भएको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा लगानी गर्ने भएको हो । 

मंगलबार एक सूचना जारी गर्दै बैंकले सर्तहरू पुरा गरि मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय कम्पनीहरूलाई दरभाउ पत्र पेश गर्न आह्वान गरेको छ । कोषमा रहेको रु.३ अर्ब ४५ करोड मध्ये ‘क’, बर्गका वाणिज्य बैङ्कहरूमा २ अर्ब ७६ करोड ‘ख’ बर्गका विकास बैंकमा ५१ करोड ७५ लाख  र ‘ग’ बर्गका वित्त कम्पनीमा १७ करोड २५ लाख लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ । 

२०७८ बैशाख २ गते देखी लागू हुने गरि मुद्दती निक्षेपको रुपमा लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले शुक्रबार सम्ममा लिन चाहेको रकम समेत तोकी राष्ट्र बैंकमा सिलबन्दी दरभाउ पत्र बुझाउनु पर्नेछ । 
 

मंगलबार, १० चैत्र २०७७, २० : ०१

प्रतिक्रिया