राष्ट्रिय सहकारी बैंकले मुद्दती निक्षेपमा तोक्यो नयाँ ब्याजदर

बुधबार, ११ चैत्र २०७७, ०७ : ४४

काठमाडौं– राष्ट्रिय सहकारी बैंकले मुद्दती निक्षेप खातामा नयाँ ब्याजदर तोकेको छ ।

बैंकले एक सूचना जारी गर्दै आज (चैत्र ११ गते ) देखी लागू हुने गरि नयाँ ब्याजदर तोकेको हो ।

बैंकले नयाँ ब्याजदर अनुसार ३ महिने मुद्दती खातामा ६ प्रतिशत ब्याज प्रदान गर्ने छ । यसै गरि ६ महिना देखि ९ महिना सम्म ६.५० प्रतिशत, १ वर्षे मुद्दती खातामा ७ प्रतिशत, र १ वर्ष भन्दा माथि ५ वर्ष सम्म ७.५० प्रतिशत ब्याजदर बैंकले नयाँ नियम अनुसार आफ्ना सदस्यहरूलाई प्रदान गरिने राष्ट्रिय सहकारी बैंकले जनाएको छ ।

अहिले बैंकले देशभरका ६८ शाखाहरु बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
 

बुधबार, ११ चैत्र २०७७, ०७ : ४४

प्रतिक्रिया