काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज हुँदैछ ।
संस्थाको वार्षिक साधारण सभा आज अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै सभाले संस्थाको रजिष्टर्ड कार्यालय ठेगाना परिवर्तन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण तर्फबाट १ जना सञ्चालकको नियुक्ती गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने छ।
प्रतिक्रिया