एफपिओ निष्कासन गर्न सारथी नेपाल लघुवित्तले बोलायो साधारण सभा

बुधबार, ११ चैत्र २०७७, ०९ : ०३

काठमाडौं - सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने  भएको छ । 

एफपिओ निष्काशन गर्ने प्रस्तावसहित कम्पनीले आफ्नो १२औं वार्षिक साधारण सभाको आह्वान गरेको छ ।

चैत्र ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा वैशाख ३ गतेका लागि बोलाइएको हो । सभा होटेल अरनिको धुलिखेलमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।४२ नगद वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरुमा छलफल गरिने छ ।  

साथै संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समुहका २ जना गरि ६ जना सञ्चालकको निर्वाचन गरिने पनि बताइएको छ । 
 

बुधबार, ११ चैत्र २०७७, ०९ : ०३

प्रतिक्रिया