काठमाडौं - नबिल बैंकले अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आइकार्ड’ ल्याएको छ ।
यो सँगै नबिल बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्डमार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इ–कमर्स साइटमार्फत् अनलाइन सपिङ गरी भारत बाहेकका देशमा भुक्तानी गर्न सक्नेछन् ।
उक्त कार्ड लिनका लागि ग्राहकहरुको खातासंगै प्यान कार्ड पनि अनिवार्य हुने बैंकले जनाएको छ । ग्राहकले एकै पटक वा पटक पटक गरी एक वर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्नेछन ।
प्रतिक्रिया