काठमाडौं - एनआईसी एशिया क्यापिटलले एकै पटक २ स्थानमा आफ्ना शाखाहरु विस्तार गरेको छ । राजधानीको अनामनगर र चाबहिलमा क्यापिटलले बुधबारदेखि एकै पटक शाखा सञ्चालनमा ल्याएको हो ।
विस्तारित शाखाहरुबाट क्यापिटलले खुलामुखी योजनको इकाईको खरिद बिक्री सम्बन्धी सेवाका साथै, लगानी व्यवस्थापन (पीएमएस) सेवा, डिम्याट खाता, मेरो शेयर खाता खेल्ने तथा नवीकरण गर्ने लगायत निक्षेप सदस्यका सबै सेवा, अनलाइनबाट डिम्याट खाता खोलेका सेवाग्राहीलाई उपस्थित भएर प्रमाणीकरण गराउने जस्ता सेवा पनि उपलब्धभ गराउने क्यापिटलले जनाएको छ ।
बबरमहलस्थित मुख्य कार्यालयका साथै क्यापिटलले नयाँबजार – ९, कीर्तिपुरबाट पनि सेवा उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया