ताप्लेजुङ - सेन्चुरी बैंकले ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ ।
सबै स्थानीय तहलाई बैंकिङ सञ्जाल मार्फत जोड्ने सरकारको योजना अनुसार सेन्चुरी बैंकले उक्त गाउँपालिकामा शाखा विस्तार गरि मङ्गलबारदेखि सेवा सुचारु गरेको हो ।
जिल्लाका अन्य गाउँपालिकाहरुमा यस अघि नै बैंकका शाखा पुगे पनि यस गाउँपालिकामा भने भौतिक पूर्वाधारको अभाव लगायतका कारण पुग्न सकेको थिएन ।
प्रतिक्रिया