ज्योति लाइफ इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयर (आईपीओ) शुक्रबार बाँडफाँड हुने भएको छ ।
आईपीओ बाँडफाँटको सबै तयारी लगभग पूरा भएकोले शुक्रबार बाँडफाँट हुने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
आईपीओको मंगलबार प्रि–अलटमेन्ट गरी अन्तिम स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाइएको क्यापिटलले जनाएको छ ।
ज्योति लाइको ६६ करोड रूपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरमा ६६ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो । आईपीओ खरिदका लागि १८ लाख ४२ हजार ४९६ जनाले तीन करोड ८० लाख कित्ताका लागि आवेदन आवेदन दिएका छन् ।
निष्काशन गरिएको भन्दा ६।४१ गुणा बढी आवेदनसँगै ज्योति लाईफको आईपीओको आवेदनमा नयाँ रेकर्ड कायम भएको थियो ।
बाँडफाँटमा हरेक ३ जनाबाट एक जनाले गोलाप्रथामार्फत सेयर पाउने संभावना छ । जसले गर्दा आवेदन दिएका मध्ये १२ लाख ४८ हजार ४९६ जना आवेदकको हात खाली हुने भएको छ ।
प्रतिक्रिया