काठमाडाैं । नेपालमा कार्यक्षेत्र भएका जीवन बीमा कम्पनीको बीमाशुल्क ८२ अर्ब रुपैयाँ पुगेको छ । फागुन महिनासम्मको तथ्यांक अनुसार १९ बीमा कम्पनीको बीमाशुल्क ८२ अर्ब २० करोड रुपैयाँ पुगेको बीमा समितिले जनाएको छ ।
त्यसमध्ये प्रथम बीमा शुल्कबापत २८ अर्ब ९ करोड रुपैयाँ, नवीकरण ५३ अर्ब ७९ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमा शुल्कबाट जम्मा ३२ करोड रुपैयाँ आर्जन भएको समितिले जनाएको छ ।
कम्पनीहरुले फागुनमा एकै महिनामा मात्र जीवन बीमाबापत ७ अर्ब ६५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
अहिलेसम्मको तथ्यांक अनुसार यो अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै २२ अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
दोश्रोमा लाइफ इन्स्युरेन्स कर्पोरेसन नेपालले १० अर्ब ८८ करोड रुपैयाँ र तेश्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्सले ७ अर्ब ८३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।
सरकारी स्वामित्व भएको राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ५२ करोड, मेट लाइफले ३ अर्ब ५१ करोड, एसियन लाइफले ४ अर्ब ४ करोड, सूर्या लाइफले २ अर्ब ९६ करोड, गुराँस लाइफले २ अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै प्राइम लाइफले २ अर्ब ७५ करोड, आइएमई लाइफले १ अर्ब ६१ करोड, युनियन लाइफले ४ अर्ब ६७ करोड, ज्योति लाइफले १ अर्ब ९९ करोड, रिलायन्स लाइफले १ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यता रिलायबल लाइफले १ अर्ब ९५ करोड, सिटिजन लाइफले २ अर्ब ७ करोड, सानिमा लाइफले १ अर्ब २६ करोड, प्रभु लाइफले ८९ करोड र महालक्ष्मी लाइफले ६८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
प्रतिक्रिया