काठमाडौं– कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा बस्ने भएको छ ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी बैशाख ७ गते सभा बस्ने निर्णय गरेको हो ।
पोखराको होटल टास्क इन्टरनेशनलमा सो दिन बिहान ८ बजे सभा बस्ने छ ।
दुई आर्थिक वर्षको दशौँ र एघारौं साधारण सभा एकै साथ बस्न लागेको कम्पनीले जानकारी दिएको छ ।
सभामा दुई आवको वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन माथि छलफल गरि पारित गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी ६ जना सञ्चालक समितिका सदस्यहरूको निर्वाचन गर्ने कार्यक्रम रहेको छ । जसमा संस्थापक शेयरधनीकोतर्फ बाट ४ जना र साधारण शेयरधनीको तर्फ बाट २ जना रहने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया