काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकले ३६ हजार ४ सय ६२ कित्ता संस्थापक समूहको सेयर बिक्री गर्ने भएको हो ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक संस्थापक समूहको सेयर बिक्री गर्ने जानकारी दिएको छ ।
साथै यसमा शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरि निवेदन दिन आग्रह गरेको छ ।
निवेदन बागबजार, काठमाडौँस्थित बैंकको सेयर शाखामा दिन सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया