सिद्धार्थ इन्स्योरेन्सद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा

विहीबार, १२ चैत्र २०७७, १० : ३६

काठमाडौं - सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । चैत्र ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरणको घोषणा गरेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.७८ प्रतिशत नगद गरि कूल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

उक्त प्रस्तावित लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

विहीबार, १२ चैत्र २०७७, १० : ३६

प्रतिक्रिया